एशियाली डोरीतान प्रतियोगितामा नेपाल सहभागी हुँदै

नेपालले एशियाली डोरीतान खेलमा सहभागिता जनाउने भएको छ । शनिबारदेखि थाइल्याण्डमा हुने १४औँ एशियाली डोरीतान प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी हुन लागेको हो । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई बिहीबार बिदाइ गरिएको छ । मोरङ जिल्ला डोरीतान सङ्घले आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले खेलाडीहरूलाई शुभकामना…