हङकङद्वारा नेपाल चार विकेटले पराजित

ओमानमा जारी एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल पराजित भएको छ । हङकङले नेपाललाई चार विकेटले पराजित गरेको हो । जितसँगै हङकङ इमर्जिङ एसिया कपमा छनोट भएको छ । नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गऱ्यो ।…