नेपाल स्रष्टा समाजको सम्मान र परिचर्चा

प्रेम ओझा, विराटनगर नेपाल स्रष्टा समाजले विराटनगरमा स्रष्टा सम्मान र साहित्य लेखनसम्बन्धी परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । पहिलो कार्यक्रममा विराटनगर-३ निवासी ८६ वर्षीय लता गिरीलाई १५ हजार सहितको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान उनकै निवासमा प्रदान गरियो । समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, महासचिव देविका तिमल्सेना, पाज्ञ विवश पोखरेल, समाजका प्रदेश अध्यक्ष…