महासंघका सदस्यले बिथोले करातेको बन्द प्रशिक्षण

■ श्रीविक्रम भण्डारी नेपाल कराते महासंघका सदस्यद्वय ध्वजमान मोक्तान र रवि महर्जनले करातेको बन्द प्रशिक्षण बिथोलेका छन् । आज (२७ असोज, सोमबार) सातदोबाटोस्थित कराते हलमा प्रवेश गरेर मोक्तान र महर्जनले करातेको प्रशिक्षण बिथोलेका हुन् । उनीहरुले आफुलाई कराते महासंघको सदस्य भएको भन्दै प्रशिक्षण विथोलेको जानकारीमा आएको छ । अन्य महासंघका पदाधिकारीले मौनता साँधेको अवस्थामा मोक्तान…