आठौँ साफको स्वर्ण पदकको कीर्तिमान १३औँमा तोडिने दाबी

नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालबाट ५९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको बताएको हो । सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताए । नेपालबाट ३१२ पुरुष र २८७ महिला खेलाडीले…