तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण

नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङ्ल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्णपदक जितेका छन् । म्यानचेस्टरस्थित जर्ज कर्नल लेजर सेन्टरमा भएको च्याम्पियनसीपमा सञ्जीव र राजुले पुम्से विधातर्फ स्वर्ण पदक दिलाएका हुन् । युके तेक्वान्दो एसोसियनको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले पुरुष ४० वर्ष उमेर समूहमुनिको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्णपदक दिलाएका थिए । सञ्जीवले गत साउनमा…