शनिबारदेखि पोखरामा पिपिएल टी–२० क्रिकेट प्रतियोगिता

पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई २७ लाख पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पुरस्कार राशि सार्वजनिक गरेको हो । प्रतियोगिताको उपविजेताले १० लाख पाउनेछन् । त्यसैगरी पिपिएलको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र…