१२ वर्षीया दिनिशाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण

कराँते खेलाडी दिनिशा लामाले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्णपदक जित्न सफल भएकी छिन् । बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय गोजुरियो च्याम्पियनसिपमा उनले स्वर्णपदक जितेकी हुन् । हालै ढाकामा सम्पन्न ४५ केजी तौलसमूहमा दिनिशाले फाइनलमा भारतीय खेलाडीलाई ४–१ पराजित गरिन् । पहिलो चरणमा बंगलादेश, सेमीफाइनलमा सिंगापुर र फाइनलमा भारतीय खेलाडीलाई पराजित गरीउनले स्वर्ण पदक जितेकी हुन् । त्रिज्योति उच्चमावि…