भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत

भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागी सांसदहरु भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै उल्लेख गर्न सहमत भएका हुन् । राष्ट्रियसभाबाट पारित राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ मा छलफल गर्दै सांसदहरुले भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै समावेश गर्न जोड दिए ।…