सप्तरी खेलकुदको ताला नौ महिनापछि खुल्यो

जिल्ला खेलकुद विकास समिति सप्तरीका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकुद संघका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोलेका हुन् । ताला खुलेपछि आजबाट कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताए । अध्यक्षमा अमर खवासको…