रा.यु. परिषद्का उपाध्यक्षमा पुनर्नियुक्ति पाएका ढुङ्गेलद्वारा पदभार ग्रहण

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेलले पदभार ग्रहण गरेका छन् । युवा तथा खेलकूदमन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्माले शुक्रबार (१६ जेठ) पद तथा गोपनीयताको सपथ खुवाएपछि परिषद्को कार्यालयमा पुगी ढुङ्गेलले पदभार ग्रहण गरेका हुन् । सपथग्रहण समारोहमा मन्त्री विश्वकर्माले युवालाई उद्यमशील बनाई मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राखे भने कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवालाई स्वरोजगार…