मास्टर्स कपमा नेपाललाई एक स्वर्ण र एक रजत

सदगुरु मास्टर्स कप अनलाइन इन्टरनेशनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको ईभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले २४.१४ अंक प्राप्त गरेकी थिइन् ।…