रङ्गशालामा बाबुरामको ‘एकल शो’

करिब २५ हजार मानिसलाई दशरथ रङ्गशालामा भेला गरेर डा. बाबुराम भट्टराईले गत आइतबार (जेठ ३० गते) आफ्नो नेतृत्वमा ‘नेपाल’ नामक पार्टीको घोषणा गरे । विभिन्न मुलुकका राजदूतहरूलाई समेत आमन्त्रण गरिएको सो भेलामा मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गतका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस सहभागी भएका थिए । अत्यन्त भड्किलो र खर्चिलो सो समारोह आयोजना गरिएकै दिन राजधानीबाट प्रकाशित हुने…