सरकार कमजोर र निकम्मा भएको काङ्ग्रेसको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचारका विभिन्न काण्ड र कानून उल्लङ्घन गरी गरिएका निर्णयको छानबिन गरी दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन संवैधानिक छानबिन निकायहरुको ध्यानाकर्षण गराएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबारको बैठकद्वारा पारित सामसामयिक प्रस्तावका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिए । काँग्रेसले नेपाल वायु सेवा निगमको…