काङ्ग्रेसको वक्तव्य भ्रमपूर्ण रहेको नेकपाको आरोप

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तनहुँको ऋषिङ गाउँपालिकामा गत आइतबार भएको घटनाको सम्बन्धमा नेपाली काङ्ग्रेसको जिल्ला र केन्द्रले जारी गरेको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जित भएको आरोप लगाएको छ । घटनाको वास्तविक अवस्था र तथ्यलाई पन्छाएर नेपाली काङ्ग्रेसबाट जारी भएको वक्तव्य भ्रमपूर्ण भएको भन्दै सो पार्टीको तनहुँ जिल्ला कमिटीले पत्रकार सम्मेलनमार्फत् खण्डन गरेको हो ।…