शिक्षामन्त्रीलाई साक्षी राखेर नेकपा कार्यकर्ताले लगाए यस्ता आरोप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले उपल्लो तहका नेतामा सांस्कृतिक विचलन आएकोमा चिन्ता व्यक्त गरेका छन् । शनिबार महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला (कम्युन)ले आयोजना गरेको बडादशैँ, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता, कार्यकर्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् । कम्युनिष्ट पार्टी श्रमिकको भनिए पनि उपल्लो तहका नेताका घरमा अब नाङ्गो खुट्टाका…