धर्मशालामा अब धनीहरू मात्र बस्न पाइने !

शेरबहादुर देउवाकी पत्नी आरजु राणाको व्यापारिक साझेदारका रूपमा समेत चिनिएका बतास दाजुभाइले पशुपतिको धर्मशालामा वास बस्नेहरूमध्येबाट प्रतिव्यक्ति प्रतिरात तीन हजार रुपैयाँसम्म असुल गर्ने भएका छन् । चक्रपथनजिकै बागमती नदी समीपको पशुपति धर्मशाला सञ्चालनका निम्ति यसै वर्षको प्रारम्भमा पशुपति विकास कोषले खुला दरखास्त आह्वान गरेको थियो । दरखास्त दिएकामध्ये पोखराका विवादास्पद व्यापारी आनन्द बतास र शान्त…