अवैध हतियार राखेको अभियोग लागेका तरुणदलका नेता जेल चलान

नेपाल तरुण दल नेपालगञ्जका नगरसभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । अवैध हतियारसहित पक्राउ परेका शाह प्रहरी हिरासतमा थिए भने सोमबार (२ मंसिर) जिल्ला अदालत बाँकेले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई…