सीमाका विषयमा एउटै आवाज गर्न नेता पाण्डेको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् । नेपाल पत्रकार महासङ्घले आज (८ मंसिर) चितवनमा आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा नेता पाण्डेले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए । सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले…