नेकपा प्रदेश ३ को संसदीय दलको निर्णय : प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा

सत्तारुढ नेकपा प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । आज (२५ पुस) मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले नेकपाको सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएबमोजिम निर्णय लिएको हो । राजधानी हेटौडा राख्न नेकपा सचिवालयले दिएको निर्देशनप्रति नेकपाकै कैयन सांसदले असन्तुष्टि जनाउँदै…