न्याय हारेको देशमा…

व्यक्तिहत्याको मामलामा पीडित पक्षले किटानी जाहेरी दिएको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकै अवस्थाबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले सभामुखको जिम्मेवारी सम्हाल्नुभएको छ । न्यायालयबाट अब सभामुख सापकोटामाथि पीडितले चाहेअनुसारको फैसला हुनेमा आमतहबाटै आशङ्का प्रकट गरिन थालिएको छ । यसका बाबजुद अधिकारकर्मी र न्यायापेक्षी जनहरू सापकोटालाई अभियुक्त नै ठानिरहेका छन् र उहाँविरुद्धको नारा–जुलुस वा विरोध…