अख्तियारको काम र काङ्ग्रेसको कदम !

बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणसँग जोडिएका १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेपछि मुलुकको राजनीतिक माहोल तात्न पुगेको छ । संसदीय परिपाटीमा अत्यन्त महत्वपूर्ण स्थान राख्ने प्रमुख प्रतिपक्षी दल नै आफ्नो दलको उपसभापतिमाथि भ्रष्टाचारको मुद्दा किन लगाएको भन्ने ‘एजेण्डा’ बोकेर सडक तताउने र सदन अवरुद्ध गर्नेसम्मको हर्कतमा उत्रिएपछि राजनीति नै प्रभावित हुने र…