बलात्कार मुद्दामा महरालाई मिल्यो सफाई, आजै जेलमुक्त हुने

बलात्कार प्रयासको अभियोग लागेर पूर्पक्षको लागि कारगारमा पठाइएका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले सफाई दिएको छ । साढे तीन महिनाको जेल बसाईपछि काठमाडौं जिल्ला अदालतले महरालाई थुनामुक्त गर्ने निर्णय गरेको हो । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आइतबार सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै आज सोमबार (५ फागुन)का लागि राखिएको थियो । जबर्जस्ती करणी…