विवाद चर्काउन खोज्दाखोज्दै राष्ट्रपतिबाट अध्यादेश जारी भएको खबर आएपछि…

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक सोमबार (८ वैशाख) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । सोमबारकै मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याइएपछि आकस्मिक रुपमा पार्टीको सचिवालय बैठक बोलाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष…