भारतले नेपाललाई वार्ताको प्रस्ताव नगर्ने !

सीमा–विवाद समाधानका लागि वार्ताको वातावरण तयार गर्ने जिम्मा भारतले नेपाली पक्षलाई नै छाडिदिने भएको छ । द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार भारतले अब कुनै वार्ताको प्रस्ताव गर्ने छैन । भारतीय विदेश मन्त्रालयको स्रोत उद्धृत गर्दै समाचारमा उल्लेख गरिएअनुसार काठमाडौंलाई वार्ताको परिस्थिति बनाउन खग्रस तुल्याउने गरी भारतले चुप लाग्ने नीति अख्तियार गर्नेछ ।…