भयानक परिवर्तनको सङ्केत : सेनाको समर्थनमा पूर्व प्रधानन्यायाधीश नेतृत्वको सरकार बनाइदिने प्रपञ्च !

विद्यादेवी भण्डारीको कार्यकाल सकिएपछि प्रचण्ड र शेरबहादुर देउवामाथि कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाउन दबाब परेको थियो । थेग्नै नसकिने गरी ‘पश्चिमी वायु’को दबाब परेपछि प्रचण्डले शेरबहादुर देउवामाथि कल्याणलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका पनि थिए, तर देउवाले कल्याणको नाममा सहमति जनाएनन् । कुनैपनि हालतमा कल्याणलाई राष्ट्रपति बनाउन हुँदैन भन्नेमा देउवाको अडान रहेपछि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिएका…