पूर्वसभामुख महराको थुनछेक बहस शुरु

काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले…