कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति

सत्तारुढ नेकपा र मधेसकेन्द्रित राजपाबीच चुनावी तालमेल भएको सन्दर्भले चर्चा पाइरहेकै बेला हालै सत्ताबाट बाहिरिएको समाजवादी पार्टी र प्रमुख विपक्षी दल नेपाली कांग्रेसबीच पनि आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (१८ पुस) दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा…