शान्तिक्षेत्रका अभियन्ताहरु

खगेन्द्र गिरी कोपिला श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देवबाट मौसूफको शुभराज्याभिषेकको शुभ अवसरमा २०३१ साल फाल्गुण १२ गते विश्व समुदायसमक्ष नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राखिबक्सेको थियो। २०४६ सालसम्म विश्वका ११६ ओटा देशहरुले त्यस प्रस्तावलाई समर्थन गरिसकेका थिए तर २०४७ साल वैशाखमा गठन भएको सर्वदलीय सरकार र त्यसपछि बनेका सरकारहरुले त्यो प्रस्तावलाई…