खतराको श्रोत सुक्यो कि सर्‍यो ?-देवप्रकाश त्रिपाठी

देशका प्रमुख राजनीतिक दलहरूको संयुक्त प्रयासबाट भएको जनआन्दोलनको सफलतापश्चात्का चार वर्ष लामो राजनीतिक अभ्यासमा सबैभन्दा ठूलो सङ्कट लोकतन्त्रले नै व्यहोर्नुपरेको महसुस गर्न थालिएको छ । लोकतान्त्रिक आन्दोलनको सफलतापश्चात् लोकतन्त्र झनै सङ्कटमा पर्दै जानुलाई स्वाभाविक मान्न सकिन्न, तर त्यही अस्वाभाविक घटनाक्रम विकसित हुँदै गएको छ, किन ? दरबारको कोपभाजनमा पटक-पटक पर्ने गरेको लोकतन्त्र गणतन्त्र स्थापनासम्म आइपुग्दा…