सहमति-आतङ्क-देवप्रकाश त्रिपाठी

विगत पौने पाँच वर्षयता फैलिएको 'सहमति'को आतङ्कले नेपाली राजनीतिमा फेरि एकपटक ठाउँ पाएको छ । सहमतिको सरकार गठनका निम्ति राष्ट्रपतिले (पुनः) सात दिनको समय दिनुभएपछि 'सहमति-आतङ्क'को अर्को शृङ्खला सुरु भएको हो । सम्भवतः बहुमतीय सरकार गठनको प्रक्रिया सुरु नहुन्जेल यसको 'आतङ्क' कायम रहनेछ । सहमति शब्द आफैंमा तटस्थ मानिन्छ र सामान्यतया यसको अर्थ सकारात्मक बुझिन्छ…