कामरेड किरणलाई तीर्थ जान सल्लाह-देवप्रकाश त्रिपाठी

मोहन वैद्य किरण, नेपाली कम्युनिस्ट आन्दोलनका एक प्रभावशाली र इमानदार नेता, जसको विचार पक्षसँग यस दुनियाँभरिका कुनै पनि प्रजातन्त्रवादी सहमत हुन सक्दैनन् । साम्यवाद स्थापनालाई परम् गन्तव्य बनाएर राजनीतिमा क्रियाशील किरणलाई बदल्ने तागत यस दुनियाँमा कसैसँग रहेको विश्वास गरिँदैन र किरणबाट दुनियाँ बदल्न पनि सम्भव देखिँदैन । किरण र जगत् दुई पृथक् ध्रुवमा उभिएका छन्,…