नजिकिएको युद्ध : सेनाले लड्ने कि नेताले ?

– देवप्रकाश त्रिपाठी दुईतिहाइ बहुमतको सरकार गठन गर्ने अवसरलाई प्रजातन्त्रमा राजनीतिक दल तथा तिनका नेताहरूका निम्ति दुर्लभ मौका मानिन्छ । संवैधानिक, कानुनी र अन्य कुनै पनि व्यवधानहरू पन्छाएर अघि बढ्न सक्ने सामथ्र्य हुने भएकोले दुईतिहाइ बहुमतको सरकारलाई निरङ्कुश प्रजातान्त्रिक सरकारका रूपमा पनि बुझ्ने गरिन्छ । प्रजातन्त्र आफैँमा गैरनिरङ्कुश व्यवस्था भए पनि दलविशेषले दुईतिहाइ बहुमत प्राप्त…