बिचौलियासामु सरकार किन निरीह ?

कृषकबाट कौडीको भाउमा हात पारेको तरकारीलगायतका कृषिउपज बिचौलियाले आमउपभोक्तासम्म पुऱ्याउँदा तीन–चार गुणासम्म बढाएर मनपरी मूल्य निर्धारण गर्ने गरेको वास्तविकताको खुलासा बेला–बेला हुँदै आएको हो । दैनन्दिन उपभोग्य सामग्रीमा अचाक्ली महँगी बढेपछि यो विषय पुनः एकपटक चर्चाको सन्दर्भ बन्न पुगेको छ । अनियन्त्रित महँगी नियन्त्रणमा सरकारले प्रभावकारिता दर्शाउन नसकेपछि सरकारविरुद्ध असन्तुष्टि र जनआक्रोश ह्वात्तै बढ्न पुगेको…