विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन प्रधानमन्त्रीसँग आग्रह

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । मङ्गलबार प्रधानमन्त्री प्रचण्डलाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउले सरकारकै पहलमा विप्रेषण (रेमिट्यान्स) कम्पनी खोलिदिन आग्रह गरेको हो । पैसा पठाउने वैधानिक विप्रेषण कम्पनी नहुँदा मकाउमा रहेका नेपाली हुण्डीको प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको गुनासो छ ।…