काठमाडौं महानगरले बिस्तार गऱ्यो कम्पोष्ट मल बनाउने कार्य

काठमाडौं महानगरपालिकाले कुहिने फोहरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोष्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेशनमा एक स्थानबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया…