अनि जन्मियो जनकपुरमा साहको ‘मिथिला थाली’

तस्बिर : रासस करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आउनुभएको थियो । आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो । ‘मिथिला थाली’बाटै बिबिसीको ‘मास्टर सेफ’ उपविजेता बन्नुभएका साहको उद्देश्य मिथिलाञ्चलको ऐतिहासिक राजधानीको सांस्कृतिक एवं ऐतिहासिक गौरवसँग जोडिएका विविध पक्षबारे साथीहरूलाई दिनुका साथै स्थानीय परिकारको…