भोलि यतीका सबै उडान बन्द

यती एयरलाइन्सका प्रबन्ध–निर्देशक आङछिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यती एयरका सबै उडान बन्द हुने भएका छन् । कम्पनीका प्रबन्ध–निर्देशकको निधनको शोकमा कम्पनीले भोलि शुक्रबार एक दिनका लागि देशैभर उडान बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । हिजो बुधबार ताप्लेजुङमा भएको एयर नाइनेष्टी हेलिकोप्टर दुर्घटनामा परी यती एयरलाइन्सका प्रबन्ध–निर्देशक आङछिरिङ शेर्पा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…