नेप्सेको ओरालो यात्रा कायमै

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । सोमबार झण्डै १०० अङ्कले खस्किएको बजार आज भने सामान्य अङ्कले मात्रै ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से ५.५९ अङ्कले ओरालो लागेर दुई हजार ८१५.०६ मा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक…