८ फागुनदेखि इलामबाट काठमाडौं व्यावसायिक हवाई उडान हुने

व्यावसायिक उडानको तयारी भइरहेको इलामको फाल्गुननन्द-सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । बुधबार दिउँसो नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै परिक्षण उडान गरिएको हो । फाल्गुननन्द-सुकिलुम्बा विमानस्थलबाट ८ फागुनबाट व्यवसायिक उडान सुरु हुँदैछ । तारा एयरलायन्सले साताको एक दिन काठमाडौं-इलाम-काठमाडौं उडान गर्ने…