बिहीबार नेप्से परिसूचकमा उछाल

पन्ध्र कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको छ…