राजविराजका नगरप्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सप्तरीको राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । राजविराजस्थित रङ्गशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख यादवसहित सात जनाविरुद्ध बुधबार भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । आयोगले जनाएअनुसार आर्थिक वर्ष २०७३/०७४ मा विनियोजित बजेट बराबरको काम…