सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु

सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका-१ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो । याक तथा चौँरी व्यवसायी सङ्घले आयोजना गरेको उक्त महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ । चौँरी कृषकलाई सम्मान, चौँरी र जलवायुसम्बन्धी अन्तरक्रिया, पिकेमा पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण, याक तथा चौँरी व्यवसायी सङ्घको वेबसाइट…