संक्रमणका कारण स्वास्थ्यावस्था बिग्रिँदै गएपछि सचिन तेन्दुलकर अस्पताल भर्ना

चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी शुक्रबार अस्पताल भर्ना भएका हुन् । स्वास्थ्य अवस्था झन् झन् बिग्रिँदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएपछि तेन्डुलकरलाई अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ । तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि…