नेपाल र भारतबीच रेल सेवा सम्झौता आदानप्रदान

नयाँ प्रावधानले नेपालको बजारशक्तिको पहुँच विस्तार गर्ने विश्वास नेपाल र भारतबीचको ‘रेल सेवा सम्झौता-२००४’मा संशोधनसहित दुवै देशका सरकारको तर्फबाट हस्ताक्षर भइ पत्र आदानप्रदान भएको छ । भर्चुअल माध्यमबाट शनिबार आयोजित समारोहबीच कुटनीतिक पत्रका साथै हस्ताक्षर गरिएको सम्झौता पत्र आदानप्रदान गरिएको छ । सम्झौतापत्रमा हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी, माल रेल सञ्चालक, विशेष मालसामान…