देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतको संवैधानिक इजालसले जेठ ७ गते राति विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न आदेश दिएको छ । संसद विघटनसम्बन्धी मुद्दामा सोमबार फैसला सुनाउँदै सर्वोच्च अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । देउवासहित १४६ सांसदले दायर गरेको मुद्दा…