सोचौँ, दल भन्दा ठूलो देश हैन र ?

स्वयम्भूनाथ कार्की पञ्चायतको करिव तीस वर्ष नेपालमा कानूनतः दलहरू प्रतिबन्धित रहे । कुरो अनौठो लाग्न सक्छ तर सत्य हो कि त्यही तीस वर्ष दलहरूको विकासको निमित्त सबैभन्दा उर्वर रहे । शासनसँग भएको सानोभन्दा सानो असन्तोषको लाभ उनीहरूलाई पुग्यो । कुनै काम गरेर देखाउन सक्ने अवस्थामा प्रतिबन्धको कारण दलहरू थिएनन् । समाधानबेगरको विरोध गर्न पाइने र…