कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी बनेकी छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी बनेकी हुन् । उपाध्यायका निकटतम प्रतिस्पर्धी कमला पन्तलाई दुई हजार १०५ मत प्राप्त भएको छ । महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा…