हिन्दु धर्ममाथि राजनैतिक आक्रमण : क्रिश्चियानिटीको प्रवर्द्धन र धर्मान्तरण

धर्मनिरपेक्षताको उद्देश्य देशलाई बहुधार्मिक रूपमा चिनाउनु कदापि थिएन र होइन । धर्मकोे नाममा राजनीति गर्न र हिन्दुधर्मालम्बीको संख्या घटाउँदै क्रिश्चियानिटीलाई नेपालमा प्रवर्द्धन गर्नु नै संविधानमा उल्लेख गरिएको ‘धर्मनिरपेक्षता’को उद्देश्य हो । धर्म, संस्कार, परम्परा, भाषा संस्कृतिको रक्षा एवम् प्रवर्द्धन गर्न नसक्ने राष्ट्रका नेता, कार्यकर्ता तथा दल सिर्फ विदेशीका गुलाम र विधर्मीका मात्र संरक्षक हुन सक्दछन्…