थामिएला त देशको ओह्रालो यात्रा ?

समस्या चिन्ने भन्दा थप्ने, सुल्झाउनेभन्दा बल्झाउने र आमजनताको पीडा-क्रन्दनमा अट्टहास गर्ने प्रवृत्ति शासन-सत्तामा हाबी रहँदै आएको छ र, यो दूरावस्था यतिबेला उत्कर्षमा छ । शेरबहादुर देउवानेतृत्वको वर्तमान सरकारका सारथिको रूपमा आफूलाई चित्रण गर्न रुचाउने तथा माओवादी पार्टीका सर्वकालिक सुप्रिमो प्रचण्डको पन्ध्र वर्षअघिको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ । उक्त भिडियो-दृश्यमा प्रचण्डले दिएको…